images
images
  • चुनाव भाँडिने भयले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद थपेको थप्यै

    काठमाडौं– सरकारले जेनजी आन्दोलनका क्रममा २३–२४ भदौमा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद तेस्रोपटक २५ दिन थप्दै आगामी २५ फागुनसम्म पुर्‍याएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले म्याद थप्ने निर्णय गरेको हो, जसअनुसार आयोगको प्रतिवेदन अब निर्वाचनपछि मात्रै सार्वजनिक हुने भएको छ ।

    गृहमन्त्री ओमप्रकाश अर्यालले भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिनका लागि थप समय आवश्यक परेकाले म्याद बढाइएको बताए ।

    आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार प्रतिवेदन लेखन अन्तिम चरणमा पुगे पनि केही घटनामा थप अध्ययन आवश्यक देखिएको छ ।

    गत ५ असोजमा पूर्वविशेष अदालत अध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठन भएको आयोगले उच्च राजनीतिक तथा सुरक्षा अधिकारीहरूको भूमिका, गोलीकाण्ड र आगजनी घटनाको अध्ययन गर्दै आएको छ ।

    यसअघि पनि बयान लिन बाँकी रहेपछि दुईपटक म्याद थपिएको थियो ।

    निर्वाचन नजिकिँदै गर्दा प्रतिवेदन सार्वजनिक भए राजनीतिक आरोप–प्रत्यारोप बढ्न सक्ने र चुनावी माहोल प्रभावित हुन सक्ने आन्तरिक आकलनका कारण सरकार ‘सावधानीपूर्ण’ देखिएको स्रोतहरू बताउँछन् ।

    तर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने आयोगकै अनुरोधमा म्याद थपिएको दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images