images
images
  • जहाजमा प्राविधिक समस्या देखिएपछि सडकमा अवतरण

    काठमाडौं– अमेरिकाको जर्जिया राज्यको गेनसभिल सहरमा एउटा सानो प्रशिक्षण विमान व्यस्त सडकमा आपतकालीन अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ ।

    इन्जिनमा प्राविधिक समस्या आएपछि पाइलटले विमानस्थल फर्कन नसकी सडकमै अवतरण गरेका थिए ।

    अवतरणपछि विमानले सडकमा गुडिरहेका तीन सवारी साधनमा ठक्कर दिएको र केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनाका क्रममा विमानको दायाँ पखेटाले एक गाडी छोएपछि इन्धन ट्यांकी छुट्टिएर अन्य सवारी साधनसम्म पुगेको थियो ।

    घटनापछि सडक बन्द गरिएको छ भने स्थानीय प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

    नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटिएसबी) र संघीय नागरिक उड्डयन प्रशासन (एफएए)ले घटनाको छानबिन सुरु गरेका छन् ।

    हकर बिचक्राफ्ट बीई–३६ विमान स्थानीय समय अनुसार दिउँसो १२:१० बजे आपतकालीन अवतरण गरेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images