images
images
  • ओलीले ल्याएको सामाजिक सञ्जाल विधेयक प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय सभाबाट फिर्ता

    काठमाडौं– राष्ट्रिय सभामा विचाराधीन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता भएको छ ।

    सरकारको विधेयक फिर्ता गर्ने निर्णयलाई राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको हो ।

    सभाध्यक्ष नारायण दाहालले बैठकमा प्रस्ताव प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरे ।

    यसअघि विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले समितिको प्रतिवेदन पेश गरेकी थिइन् ।

    उक्त विधेयक २०८२ भदौ १३ गते दफाबार छलफलका लागि समितिमा पठाइएको थियो, जहाँ ३५ सांसदले १५५ संशोधन दर्ता गरेका थिए ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माघ २० मा विधेयक फिर्ता माग्ने निर्णय गर्दै माघ २१ मा पत्राचार गरेको थियो, जसलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।

    सामाजिक सञ्जाल कडाइ गर्ने उद्देश्यले ल्याइएको विधेयक विवादमा परेपछि अघि बढ्न सकेको थिएन ।

    नेपालमा सामाजिक सञ्जालसम्बन्धी छुट्टै कानुन नभएकाले अब नयाँ विधेयक ल्याउनुपर्ने अवस्था बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images