images
images
  • पूर्वाधार निर्माण समयमै बन्ने व्यवस्था गर्छौँ : सभापति गगन थापा (भिडिओसहित)

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको ठूलो समस्या पूर्वाधार समयमै नबन्ने प्रवृत्ति भएको बताएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत जारी भिडियो सन्देशमा भने, “पूर्वाधार ढिला बनेकोले विकासको लागत बढेको र आर्थिक उत्पादनमा असर परेको छ ।”

    थापाले सडक, सिँचाइजस्ता परियोजना समयमै, गुणस्तरीय र पारदर्शी सम्पन्न गर्नु पार्टीको प्राथमिकता भएको बताए ।

    उनले मेलम्ची खानेपानी आयोजना निर्माणमा २५ वर्ष लाग्नु, नारायणगढ–बुटवल सडक, पूर्व–पश्चिम राजमार्ग र सहरका सडक बारम्बार खन्नुजस्ता उदाहरण प्रस्तुत गर्दै यस्तो ढिलाइले देशको उत्पादकत्वमा असर गरेको बताए ।

    उनले समस्या हल गर्न ठेकेदारलाई तर्साउने वा मन्त्रीको व्यक्तिगत निर्देशन पर्याप्त नभएको उल्लेख गर्दै कानुन सुधार, संस्थागत क्षमता वृद्धि, नयाँ वित्तीय मोडेल र निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images