images
images
  • देश दौडाहामा निस्केका बालेन चुनावी प्रचारको क्रममा पुगे मतदताको घरदैलोमा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्तापछि देशभरि चुनावी यात्रा गरेपछि अहिले झापा-५ मा घरदैलो अभियानमा सक्रिय भएका छन् ।

    माघ ६ गते उम्मेदवारी दर्ता गरेपछि उनले झापा, मधेस, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा मुख्यतया पार्टीका उम्मेदवारसँग मात्र भेटघाट गर्दै चुनावी रणनीति तय गरेका थिए। मतदातासँग प्रत्यक्ष संवाद नगरेको उनको शैली विवादास्पद बनेको थियो ।

    हाल, उनी पहिलो चरणको सडक यात्रा छोडेर झापा-५ मा घरदैलो गर्दै मतदातासँग भेटघाट गरिरहेका छन् ।

    दुई दिनदेखि चलिरहेको अभियानमा उनी कमल गाउँपालिका र आसपासका १५ स्थानमा मतदातासँग भेटघाट गर्ने कार्यक्रममा छन् ।

    उनले प्रायः हात मिलाएर मतदाताको कुरा सुन्दै सानो संवाद मात्र गरेका छन् ।

    झापा-५ मा अहिले २४ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्, जसमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसकी मंधरा चिमरिया, नेकपा रञ्जिच तामाङ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाल समावेश छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images