जनकपुरधाम– वीरगञ्ज महानगरपालिका आदर्शनगरस्थित स्टोरमा भन्सार र सशस्त्र प्रहरीले छापा मार्दा स्थानीयले आक्रमण गरेका छन् ।
यस क्रममा एक सशस्त्र प्रहरी घाइते भएका छन् र एपीएफको गाडीमा तोडफोड भएको छ ।
भन्सार स्रोतका अनुसार, गैरकानुनी सामानको सूचना पाएपछि कर्मचारी एपीएफको सुरक्षासहित पुगेका थिए ।
डीआईजी कृष्ण ढकालका अनुसार, छापामा बाधा पुर्याउने उद्देश्यले आक्रमण भएको हो ।
घाइतेको अवस्था सामान्य रहेको छ र थप सुरक्षा परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको छ ।
प्रहरीले संलग्न व्यक्तिहरूको अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्























