काठमाडौं– अस्ट्रेलियाको पर्थमा एक नेपाली महिला कार दुर्घटनामा परी निधन भएकी छन् ।
शुक्रबार मध्यराति अलेक्जेन्डर रोडमा गाडी अनियन्त्रित भएर रिभरभेल क्षेत्रको घरभित्र ठोक्किएको थियो ।
५३ वर्षीया विष्णुकुमारी गुरूङ उक्त घरको अघिल्लो कोठामा सुतिरहेकी थिइन् र दुर्घटनास्थलमै उनको मृत्यु भएको हो ।
उनी केही दिनअघि मात्रै छोरी र ज्वाइँको घरमा बस्न पर्थ आएकी थिइन् ।
छोरी निशा गुरूङले घटनालाई “नराम्रो सपनाजस्तो” भनेकी छन् ।
छिमेकीका अनुसार ठोक्किएको आवाज विमान खसेजस्तो आएको थियो ।
कार चालक ३६ वर्षीय राइस हकिन्स पक्राउ परेका छन् ।
उनलाई अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ र अर्को सुनुवाइ फेब्रुअरी १८ मा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्























