images
images
  • ओखलढुङ्गामा राई दम्पतीको हत्या गर्ने २ जना १५ दिनपछि काठमाडौंबाट पक्राउ

    काठमाडौं- ओखलढुङ्गाको चिसंखुगढीमा राई दम्पतीको हत्या गरेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    माघ १३ मा ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरेमा चन्द्रविक्रम राई र चन्द्रमाया राई मृत अवस्थामा फेला परेका थिए ।

    हत्यामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भदौरे घर भएका ३४ वर्षीय धनबहादुर रानामगर र १७ वर्षीय बालकलाई पक्राउ गरेको छ ।

    उनीहरूलाई काठमाडौं महानगरपालिका–१५ स्थित डल्लुबाट शुक्रबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

    घरभित्र कोठामा हत्या गरेर सिरकले छोपेको अवस्थामा दम्पतीको शव भेटिएको घटना अनुसन्धान गर्न ब्युरोले माघ २० गतेबाट आफ्नो जनशक्ति परिचालन गरेको थियो ।

    धनबहादुर रानाले लुटपाट गर्ने योजना बनाएर १७ वर्षीय बालकलाई काठमाडौंबाट ओखलढुङ्गा लिएर गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images