images
images
  • राजनीतिक दलको पक्षमा बोल्ने प्रहरी हवल्दारलाई कारबाही गरिने

    काठमाडौं- सामााजिक सञ्जाल फेसबुकमा अमूक दलको पक्षमा अभिव्यक्ति दिने प्रहरीका एक हवल्दारमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।

    पर्साको प्रहरी चौकी सिर्सियामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेलविरूद्ध विभागीय कारबाही अघि बढाउन लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हवलदार श्याम नारायणले कुनै एक दलमा पक्षधरता राखेर सामाजिक सञ्जाल फेसबुकमा बोलेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images