images
images
  • सुन–चाँदीको मूल्य घट्यो (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ ।

    बिहीबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ७१० कायम भएको छ ।

    बिहीबार सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ९८० कायम भएको थियो ।

    गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको थियो ।

    गत मंगलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ३३५ कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको सेतो धातु ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images