images
images
  • बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    काठमाडौं– बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ ।

    बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक नयाँ योजना ल्याएको हो ।

    यस योजनाअनुसार १००सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल खरिद गर्दा ७ हजारसम्म छुट पाउन सकिनेछ ।

    IMG1

    यस योजनाबारे आफ्नो धारणा व्यक्त गर्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नयाँ जिम्मेवारीसँगै नयाँ जीवन सुरुवात गर्नेहरूका लागि यो अफर ल्याएका छौँ, नयाँ सोच, नयाँ संकल्पले नयाँ जीवनलाई सहज बनाउने विश्वाससमेत लिएको छु ।’

    IMG0

    नवविवाहित जोडीलाई लक्षित गरिएको भए पनि यो योजनाबाट सबैले लाभ लिन सक्ने निर्देशक गोल्छाले बताए । यो योजना माघ १५ बिहीबारदेखि नै लागू भएको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images