काठमाडौं– जल तथा मौसम विज्ञान विभागले माघ २० गते मंगलबार देशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ ।
लुम्बिनी, बागमती र कोसी प्रदेशका पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भने हल्का वर्षा र हिमपातको अनुमान गरिएको छ ।
साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा छिटपुट हल्का वर्षा हुन सक्ने सम्भावना पनि रहेको छ ।
विभागका अनुसार यो प्रणाली अघिल्लो हप्ताभन्दा कमजोर भएकाले वर्षा र हिमपात कम हुने अनुमान छ भने माघ २१ गतेदेखि मौसम क्रमशः सुधार हुने बताइएको छ ।
हेर्नुहोस् भिडिओ :
प्रतिक्रिया दिनुहोस्






















