images
images
  • डिग्रीधारी नै निर्वाचन प्रहरीमा भर्ना

    काठमाडौं– निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका अस्थायी प्रहरीमध्ये स्नातकोत्तर उत्तीर्णसमेत रहेका छन् ।

    नेपाल प्रहरीले हालसम्म १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी छनौट गरिसकेको छ भने सशस्त्र प्रहरी बलले १५ हजार ११० जना छनौट गरेको छ ।

    नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभि नारायण काफ्लेका अनुसार माघ १८ गतेदेखि १० दिने तालिम सुरु भइसकेको छ, जसमा शारीरिक व्यायाम, सलामी अभ्यास र सर्वसाधारणसँग व्यवहार गर्ने तरिका सिकाइँदै छ ।

    काठमाडौंमा मात्रै ४ हजार ८७३ जना निर्वाचन प्रहरी भर्ना भएका छन् ।

    तीमध्ये ६ जना स्नातकोत्तर र ३५ जना स्नातक उत्तीर्ण रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले बताए ।

    देशभरका स्नातकोत्तर भर्नाको विवरण भने संकलनकै क्रममा छ ।

    यस पटकको निर्वाचनका लागि कुल १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images