काठमाडौं– संविधान सभा सदस्य तथा पूर्वमन्त्री जितेन्द्र देवले नेकपा (एमाले) परित्याग गरेका छन् ।
उनले आज विज्ञप्ति जारी गर्दै पार्टीको व्यक्तिवाद, देवत्वकरण तथा स्वेच्छाचारी र विभेदकारी कार्यशैलीप्रति असहमति जनाउँदै एमाले छाडेको जानकारी दिएका हुन् ।
सप्तरीका देव लामो समय एमाले राजनीतिमा सक्रिय रहे पनि पछि विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरी संविधानसभा सदस्य बनेका थिए ।
उक्त दल नेपाली कांग्रेसमा विलय भएपछि उनी कांग्रेसमै रहेर राष्ट्रियसभा सदस्यसमेत भएका थिए ।
राष्ट्रियसभा सदस्यको कार्यकाल २० फागुन २०८० मा सकिएपछि देव १७ असार २०८१ मा पुनः एमालेमा फर्किएका थिए ।






















