काठमाडौं– नेपाली बजारमा आज (सोमबार) पनि सुन तथा चाँदीको मूल्य घटेको छ ।
गत शुक्रबारदेखि ओरालो लागेको सुनको भाउ सोमबार पनि घट्दो क्रममा नै देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ ।
शुक्रबार प्रतितोला २० हजार ५ सय, आइतबार १८ हजार ८ सय र सोमबार १३ हजार ४ सय रुपैयाँ घट्दै कुल ५२ हजार ७ सय रुपैयाँले गिरावट आएको हो ।
आइतबार प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँमा झरेको छ ।
यसैगरी, चाँदीको मूल्यमा पनि सोमबार उच्च गिरावट देखिएको छ ।
आइतबार प्रतितोला ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय ५ रुपैयाँले कम हो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


विश्व खबर 



















