images
images
  • आफ्ना नौसेना कमान्डरको हत्याबारे के भन्छ इरान ?

    काठमाडौं– इरानको इस्लामिक रिभोलुसन गाड्र्स कोर (आइआरजिसी)ले शनिबार आफ्ना नौसैनिक कमान्डर अलिरेजा ताङसिरीको हत्या भएको भनी आएका समाचारहरूको खण्डन गरेको छ ।

    आइआरजिसीले आफ्नो आधिकारिक अनलाइन समाचार साइट (सेपाह न्यूज) मा जारी एक वक्तब्यमा भनेको छ, ‘यो अफवाह इजरायली सामाजिक सञ्जालबाट फैलिएको हो ।’

    सामाजिक सञ्जालको उक्त ‘अकाउन्ट’ मा सुरक्षा र सैन्य क्षेत्रको बारेमा यसपहिले पनि अफवाह फैलाएको ट्र्याक रेकर्ड रहेको छ ।

    उक्त पेजमा यसअघि आइआरजिसी कुद्स फोर्सका कमान्डर इस्माइल कानीको हत्या भएको दाबी गरिएको थियो ।

    सेपाह न्यूजका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही दिनहरूमा पश्चिम एसिया क्षेत्रमा युद्धपोत बेडा पठाएर इजरायलमाथि आक्रमण गर्न सक्ने मनोवैज्ञानिक त्रासबीच यो अफवाह फैलाउने कुरालाई अर्थपूर्ण मानिएको छ ।

    शनिबार पनि आइआरजिसीको नौसेनाले अफवाहको खण्डन गर्दै भनेको छ, ‘होर्मोजगान प्रान्तमा रहेको उनको कुनै पनि कार्यालयमा ड्रोन आक्रमण गरिएको छैन र सुरक्षा बलसँग सम्बन्धित कुनै पनि भवन नष्ट भएको छैन ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images