images
images
  • दिनेश सिटौलाको अभाव सधैँ खड्किनेछ : बालेन

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चलचित्र पत्रकार दिनेश सिटौलाको निधनप्रति दु:ख व्यक्त गरेका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् ।

    बालेनले लेखेका छन्, ‘अलबिदा दिनेश सिटौला । नेपाली फिल्मको अभिभावक अनि मेरो हितैसी मित्र ।तपाईंको अभाव सधैँ खड्किनेछ ।’

    अछाममा बालेनको चुनावी प्रचारका क्रममा उनी बेहोस भएका थिए ।

    उपचारका क्रममा काठमाडौँको ग्राण्डी अस्पतालमा ब्रेन ह्यामरेजका कारण आइतबार उनको निधन भएको हाे ।

    dinesh

    प्रतिक्रिया दिनुहोस्
    images
    images