काठमाडौं- पत्रकार दिनेश सिटौलाको आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
श्रद्धाञ्जली दिन कलाकारहरू सँगै बालेन शाह, कुलमान घिसिङ पनि पशुपति पुगेका छन् ।
उपचारका क्रममा आज निधन भएका पत्रकार सिटौलाको शव अन्तिम श्रद्धाञ्जलीका लागी केही समय चलचित्र विकास बोर्डमा पनि राखिएको थियो ।
अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्






















