काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबारदेखि ७० वर्षमाथिका जेष्ठ नागरिकहरुको लागि घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण सुरु गरेको छ ।
आज एक कार्यक्रमकाबिच महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त कार्यक्रमको शुभारम्भ गरेकी हुन् । कार्यक्रममा ज्येष्ठ नागरिकको प्रेसर जाँच, सेवन गरिरहेका औषधिको विवरण तथा मेडिकल हिस्ट्री संकलन गरी आवश्यक आधारभुत स्वास्थ्य सेवा प्रदान गरिने कार्यवाहक प्रमुख डंगोलले बताइन्।
उनका अनुसार स्वास्थ्य प्रवद्र्धन केन्द्रसम्म जानसक्ने ज्येष्ठ नागरिकलाई केन्द्रमै सेवा प्रदान गर्ने तथा जान नसक्ने अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभुत स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
यस कार्यक्रमले अगामी वर्षको नीति तथा कार्यक्रम प्रमाणमा आधारित बनाउन सहयोग पुग्ने डंगोलको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















