images
images
  • बालकुमारीमा पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं- काठमाडौं महानगरपालिका–३२ बालकुमारी पुलस्थित सडकमा पिकअप भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

    बा. प्र. ०३–०२६ च १७०६ नम्बरको पिकअपको ठक्करबाट अन्दाजी ५० वर्षीया महिला गम्भीर घाइते भएकी थिइन् । नामथर खुल्न नसकेकी ती महिलालाई शनिबार राति उक्त पिकभ्यानले ठक्कर दिएको थियो ।

    गम्भीर घाइते उनको उपचारको क्रममा सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    चालकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images