images
images
  • बालेनले आफ्नै चुनावी प्रचारमा हिँडेका पत्रकारको मृत्यु हुँदा पनि दिएनन् श्रद्धाञ्जली

    काठमाडौं– चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष दिनेश सिटौलाको शव अब पोस्टमार्टम गरिने भएको छ ।

    यसअघि पोस्टमार्टम नगरी अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखेर पशुपतिमा अन्त्येष्टि गर्ने तयारी गरिएको थियो ।

    चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटाका अनुसार आफन्तको सहमति पश्चात् शव परीक्षण गर्ने निर्णय लिइएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा सहभागी हुन अछाम पुगेका सिटौला त्यहाँ एक्कासी अचेत भएका थिए ।

    त्यसपछि उनलाई शुक्रबार अछामबाट काठमाडौंस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल ल्याएर भर्ना गरिएको थियो ।

    अस्पतालले आज उपचारका क्रममा सिटौलालाई मृत घोषित गरेको हो ।

    यद्यपि मृतक सिटौलाको उपचारको क्रमामा बालेन गरेका थिएनन् भने उनले अहिलेसम्म श्रद्धाञ्जलीसमेत दिएका छैनन् ।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन उक्साएका बालेनले अहिलेसम्म कुनै पनि घाइतेको स्वास्थ्य लाभ र भेटघाट गरेका छैनन् ।

    उनले आजसम्म मृतकलाई श्रद्धाञ्जली दिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images