images
images
  • यूएईले २६७ नेपाली कैदीलाई दियो आममाफी

    काठमाडौं– यूएईले आफ्नो ५४औँ राष्ट्रिय दिवस (ईद अल इतिहाद)को अवसरमा विभिन्न कारागारमा रहेका २६७ नेपाली कैदीको सजाय माफी दिएको छ ।

    परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

    विज्ञप्तिमा यूएई सरकारको उक्त निर्णयप्रति नेपाल सरकारले कृतज्ञता व्यक्त गर्दै यसलाई मानवीय तथा मैत्रीपूर्ण सम्बन्धको उदाहरणका रूपमा उच्च मूल्यांकन गरेको उल्लेख छ ।

    यस कदमले नेपाल–यूएई द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास पनि व्यक्त गरिएको छ ।

    परराष्ट्रका अनुसार अबुधाबीस्थित नेपाली दूतावासको निरन्तर पहलपछि माफीको निर्णय भएको हो ।

    अन्य कानुनी अड्चन नभए माफी पाएका नेपालीले आवश्यक प्रक्रिया पूरा गरी स्वदेश फर्कन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images