images
images
  • तनहुँ– १ : रास्वपा ढुक्क, एमाले र नेकपालाई मत जोगाउनै गाह्रो, कांग्रेस विरासत फर्काउने दाउमा

    काठमाडौं– तनहुँ–१ राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक यात्रासँग विशेष रूपमा जोडिएको क्षेत्र हो ।

    यही क्षेत्रबाट उनले संसदीय चुनावमा डेब्यु गरे, पहिलो हार बेहोरे र अन्तिम पटक चुनाव जिते ।

    २०४८ मा यहीँबाट निर्वाचित पौडेल २०७४ मा भने वाम गठबन्धनसँग पराजित भए ।

    २०७९ मा पुनः यही क्षेत्रबाट जितेर राष्ट्रपति बनेपछि यहाँ भएको उपनिर्वाचनमा रास्वपाका स्वर्णिम वाग्ले विजयी भए ।

    उपनिर्वाचनमा वाग्लेले पाएको झन्डै ३५ हजार मत मुख्यतः एमाले, नेकपाका गोविन्दराज जोशी पक्ष र ‘स्वीङ भोट’ बाट आएको देखिन्छ ।

    कांग्रेसले भने आफ्नो परम्परागत मत खासै गुमाएको थिएन ।

    अब फागुन २१ मा हुने चुनावमा रास्वपाबाट वाग्ले र कांग्रेसबाट गोविन्द भट्टराई पुनः आमनेसामने छन् ।

    एमालेले भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ भने गोविन्दराज जोशीका छोरा दिपकराज जोशी स्वतन्त्र उम्मेदवार छन् ।

    वाग्लेको मुख्य चुनौती अघिल्लो पटक तानेको एमाले–नेकपालाई मत जोगाउनु हो भने भट्टराईका लागि कांग्रेसको गुमेको विरासत फर्काउने अवसर छ ।

    तीन वर्षमै दोस्रो पटक हुन लागेको यो चुनावमा तनहुँ–१ को राजनीतिक दिशा कता मोडिन्छ भन्नेमा चासो बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images