images
images
  • जेलब्रेक गरेका विनयको सामुहिक लुट धन्दा : २७ जनाको सुनका गरगहना लुटपाट

    काठमाडौं– जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार भएका काभ्रे भुम्लु–३ का २३ वर्षीय विनय तामाङले संगठित गिरोह बनाएर उपत्यकामा लुटपाट मच्चाएका छन् ।

    डाँका चोरी मुद्दामा महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा रहेका उनी २४ भदौमा भागेका थिए ।

    त्यसपछि बिहान मर्निङवाकमा निस्कने सर्वसाधारणलाई लक्षित गर्दै कानबाट गहना लुट्ने घटनामा सक्रिय भए ।

    प्रहरीका अनुसार विनय नेतृत्वको समूहले २४ भदौयता भक्तपुर, स्वयम्भू, गौशाला, बौद्ध र चाबहिल क्षेत्रमा २७ जनालाई लुटेको छ ।

    बिहीबार गोठाटारतर्फ लुटपाट गर्न जाँदै गर्दा मुलपानीमा प्रहरीको गोली प्रहारपछि विनयसहित १० जना पक्राउ परेका हुन् ।

    खुट्टामा गोली लागेका विनयको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    विनय समूहका मुख्य योजनाकार रहेको र अधिकांश पक्राउ परेकाहरू विगतदेखि नै डाँका चोरीलगायत आपराधिक गतिविधिमा संलग्न रहँदै आएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images