images
images
  • पराजयको घेरामा विष्णु पौडेल

    बुटवल– प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रूपन्देही–२ मा चुनावी सरगर्मी तीव्र बनेको छ ।

    नेकपा (एमाले) उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको ‘लालकिल्ला’ मानिने यो क्षेत्रमा यसपटक कडा प्रतिस्पर्धा देखिएको छ ।

    एमालेबाट पौडेल, कांग्रेसबाट व्यवसायी चुन्नप्रसाद पौडेल र रास्वपाबाट युवा उम्मेदवार सुलभ खरेल मैदानमा छन् ।

    साथै, नेपाल जनसेवा पार्टीका कमल भुसाल (डा. निकोलस) र नेकपाका सुभाष पाण्डे (विश्वदीप) पनि प्रतिस्पर्धामा छन् ।

    सुकुमबासी समस्या, तिनाउ–दानव नदी कटान, मोतीपुर औद्योगिक क्षेत्रको जग्गा विवाद, अलपत्र सडक र राजधानी देउखुरी सारिँदाको असन्तुष्टि यस क्षेत्रका मुख्य चुनावी मुद्दा बनेका छन् ।

    धुलो, हिलो र बेरोजगारीले आजित सहरी तथा युवा मतदाता पुराना दलभन्दा नयाँ विकल्पतर्फ आकर्षित हुँदै गएका छन् ।

    २०७९ को चुनावमा विष्णु पौडेल र रास्वपाका गणेश पौडेलबीच मात्र १,३७० मतको अन्तर रहेको तथ्यले पनि यस क्षेत्र कति प्रतिस्पर्धी छ भन्ने देखाउँछ ।

    यसपटक ८ हजारभन्दा बढी नयाँ (जेनजी) मतदाता थपिएकाले अन्तिम नतिजा स्विङ मतले उल्टिन सक्ने विश्लेषकहरूको ठम्याइ छ ।

    अनुभव र विकासको ‘डेभलपमेन्ट कार्ड’ लिएर एमाले मैदानमा छ भने कांग्रेस र रास्वपाले परिवर्तन र नयाँ राजनीतिक संस्कृतिको नारा अघि सारेका छन् ।

    त्यसैले रूपन्देही–२ मा यसपटकको चुनाव विष्णु पौडेलको विरासत जोगिन्छ कि नयाँ इतिहास रचिन्छ भन्ने निर्णायक लडाइँका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images