images
images
  • काठमाडौं–८ मा विराजभक्त श्रेष्ठलाई कांग्रेसकी सपना राजभण्डारी र नेकपाका सुमन सायमी भारी

    काठमाडौं– बिहीबार दिउँसो काठमाडौंको मरुहिटीमा नमस्ते सायमी अस्पतालमा बजेट नपाउँदा क्षेत्रपाटी अस्पतालमा डायलासिस सेवा रोकिएको र ७० जना बिरामी उपचारबाट वञ्चित भएको विषयमा चिन्ता व्यक्त गरिरहेका थिए ।

    निर्वाचनको कुरा उठ्दा उनी उत्साहित देखिए पनि चुनावप्रति आशावादी भने छैनन् ।

    जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार र बेथितिविरुद्धका मुद्दा सम्बोधन हुन नसकेको भन्दै उनले यो पटक भोट नहाल्ने बताए ।

    ‘भोट राष्ट्रघातको लाइसेन्स नबनोस्,’ भन्दै उनले एमसीसीजस्ता विषयमा स्पष्ट जवाफ नआए भोट बहिष्कार गर्ने बताए ।

    मतदातामा निराशा देखिए पनि काठमाडौं–८ मा उम्मेदवारहरू औपचारिक घरदैलोमा भने देखिएका छैनन् ।

    यहाँ २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

    २०७९ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले विजयी भएका थिए ।

    श्रेष्ठले संसद्मा भ्रष्टाचारविरुद्धको भूमिका जनताले बुझेको दाबी गर्दै पुनः जित्ने विश्वास व्यक्त गरे ।

    नेकपाबाट उम्मेदवार बनेका सुमन सायमी संस्कृति र उत्पीडित समुदायको आवाज बोकेर चुनावमा होमिएको बताउँछन् ।

    कांग्रेसले स्वर्गीय नवीन्द्रराज जोशीकी पत्नी सपना राजभण्डारीलाई उम्मेदवार बनाएको छ ।

    कांग्रेस संगठन बलियो रहेकाले जित सुनिश्चित हुने उनको दाबी छ ।

    काठमाडौं–८ सांस्कृतिक चेतनाले भरिएको क्षेत्र भएकाले यहाँको चुनाव संस्कृति र पहिचानसँग गहिरो रूपमा जोडिएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images