काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारका क्रममा अछाम पुगेका एक व्यक्ति बेहोस भएका छन् ।
नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान अचानक बेहोस भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार सुर्खेतबाट हेलिकप्टर मगाएर सिटौलालाई काठमाडौं पठाइएको हो ।
सिटौला काठमाडौंबाटै बालेनसँगै चुनावी अभियानमा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्























