images
images
  • इरानी रिभोलुसनरी गाड्र्सलाई आतंकवादीको सूचीमा राख्ने तयारीमा इयू

    ब्रसेल्स/बेल्जियम– युरोपेली संघका विदेश मन्त्रीहरूले बिहीबार इरानको ‘रिभोलुसनरी गाड्र्स’लाई इयूको ‘आतंकवादी सूची’मा राख्न सहमत हुने अपेक्षा गरिएको छ ।

    ब्रसेल्समा आयोजित मन्त्रीस्तरीय बैठकमा सहभागी हुन इयूका विदेश नीति प्रमुख काजा कलासले पत्रकारसँग भने, ‘यदि तपाईं आतंककारीका रुपमा काम गर्नुहुन्छ भने तपाईंलाई पनि आतंककारीका रूपमा व्यवहार गर्नुपर्छ ।’

    उनले रिभोलुसनरी गाड्र्सलाई अलकायदा र इस्लामिक स्टेट समूहजस्ता जिहादी समूहको स्तरमा राखेको बताएका छन् ।

    इरानमा भएको प्रदर्शनका क्रममा हजारौँ मानिसको मृत्यु भएको समाचार सार्वजनिक भएपछि इयूको यो कदमले इरानमा निन्दाको कडा सन्देश दिनेछ ।

    यसैबीच, २७ राष्ट्रहरूको समूह इयूले दमनमा २१ राज्य संस्थाहरू र आन्तरिक मन्त्री, अभियोजक जनरल र क्षेत्रीय आईआरजीसी कमान्डरहरूसहित २१ इरानी अधिकारीहरूलाई भिसा प्रतिबन्ध र सम्पत्ति रोक्का गरेको छ ।

    इरानी अधिकारीहरूले विरोध प्रदर्शनका क्रममा हजारौँ मारिएका स्वीकार गरेका छन् ।

    उनीहरूले तीनहजार भन्दा बढी मानिसहरूको मृत्यु भएको र अधिकांश सुरक्षा बलका सदस्य वा दङगाकारी’ समूहद्वारा मारिएका व्यक्तिरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

    अधिकारवादी समूहहरू भन्छन्, ‘मारिनेको यो संख्या धेरै बढी छ र यो सम्भवतः दशौँ हजार पुग्न सक्छ । प्रदर्शनकारीहरूमाथि रिभोलुसनरी गाड्र्स (आईआरजीसी) सहित सुरक्षा बलहरूले प्रत्यक्ष गोली चलाएका थिए ।’

    आईआरजीसी तेहरानको सेनाको वैचारिक शाखा हो र सन् १९७९ को क्रान्तिपछि इस्लामिक धार्मिक नेतृत्वको रक्षा गर्न गठन गरिएको थियो ।

    गार्डले प्रमुख रणनीतिक क्षेत्रसहित इरानी अर्थव्यवस्थामा कम्पनीहरूको नियन्त्रण वा स्वामित्व राख्दछ ।

    ‘रिभोलुसनरी गाड्र्स’ लाई आतंकवादीको सूचीकरणपछि पनि कूटनीतिक च्यानलहरू खुला रहनेछन्,’ कलासले भने ।

    फ्रान्सका विदेशमन्त्री जाँ नोएल ब्यारोँले ब्रसेल्स पुगेपछि पत्रकारहरूसँग भने, ‘अपराधका लागि दण्डहीनता हुन सक्दैन ।’

    ‘यो निर्णय इरानको आधुनिक इतिहासको सबैभन्दा हिंसात्मक दमनलाई निरन्तरता दिने मृत्युदण्डको अन्त्य गर्न हजारौँले शासनको जेलमा थुनिएका कैदीहरूलाई रिहा गर्न इरानी अधिकारीहरूलाई फ्रान्सले गरेको अपिल पनि हो,’ उनले भने ।

    ब्यारोँले तेहरानलाई इन्टरनेटमा प्रतिबन्ध अन्त्य गर्न र ‘इरानी जनतालाई आफ्नो भविष्य छनौट गर्ने क्षमता फिर्ता गर्न’ आग्रह गरे ।

    इयूले यसअघि गरेका विरोध आन्दोलनहरू र युक्रेनमा रुसको युद्धमा तेहरानको समर्थनमा सयौँ इरानी अधिकारीहरू र संस्थाहरूलाई प्रतिबन्ध लगाइसकेको छ ।

    आइआरजिसी समग्रमा र वरिष्ठ कमान्डरहरू पहिले नै इयूको प्रतिबन्धमा छन्, जसको अर्थ उनीहरूलाई आतंकवादी कालोसूचीमा थप्दा संगठनमा थोरै व्यावहारिक प्रभाव पर्ने अपेक्षा गरिएको छ । –एएफपी

    प्रतिक्रिया दिनुहोस्
    images
    images