images
images
  • भदौ २३ गतेका दिन गोली चलाउन आदेश दिएको छैन : ओली

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा आफूले गोली चलाउन सुरक्षा निकायलाई आदेश नदिएको बताएका छन् ।

    बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

    उनले भने, ‘हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिनँ।’

    भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेकामा उनले असन्तुष्टि समेत जनाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images