images
images
  • फेसबुकमा भाइरल रवि लामिछानेको अस्पताल फोटो नक्कली

    काठमाडौं- सामाजिक सञ्जाल फेसबुक लगायतमा रास्वपा सभापति रवि लामिछाने अस्पतालमा रहेको देखिने फोटो छरपस्ट देखिन्छ।

    सभापति लामिछाने मंगलबार त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि यस्ता एआई प्रयोग गरी बनाइएका यस्ता फोटोहरू सामाजिक सञ्जालमा देखिएका छन्।

    तर त्रिवि शिक्षण अस्पतालले भने सामाजिक सञ्जालमा भेटिने फोटोहरू यस अस्पतालको नरहेको बताएको छ।

    सामाजिक सञ्जालमा भेटिएका फोटोहरू यस अस्पतालको नरहेको अस्पतालका प्रवक्ता गोपाल सेडाईंले बताए।

    यसअनुसार सामाजिक सञ्जालमा देखिएको रवि लामिछाने अस्पतालको शैय्यामा बसेको जस्तो देखाइएका तस्बिर नक्कली रहेको देखिन्छ।

    साथै लामिछानेको स्वास्थ्यावस्था सामान्य रहेको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ।

    ‘माघ ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको तथा औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारणले २०८२र१०र१३ गते यस अस्पतालमा हाडजोर्नी विभागअन्तर्गत भर्ना हुनुभएको र नशाबाट एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको छ,’ अस्पतालले भनेको छ।

    rabihospital 1769583691

    प्रतिक्रिया दिनुहोस्
    images
    images