images
images
  • यी हुन् ओली–प्रचण्ड–रविसँग भिड्ने महिला उम्मेदवार

    काठमाडौं– आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा विभिन्न क्षेत्रमा ‘हेभिवेट’ नेतासँगै महिला उम्मेदवारहरू पनि कडा प्रतिस्पर्धामा उत्रिएका छन् ।

    झापा–२ मा पूर्वसभामुख देवराज घिमिरेविरुद्ध कांग्रेसकी सरिता प्रसाईं, नेकपाकी धर्मशीला चापागाईं र रास्वपाकी इन्दिरा रानामगर प्रतिस्पर्धामा छन् ।

    झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेसकी मन्धरा चिमरिया भिड्दैछिन् ।

    सुनसरी–३ मा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच पुनः प्रतिस्पर्धा हुँदैछ भने धनुषा–३ मा कांग्रेसका विमलेन्द्र निधि र एमालेकी जुलीकुमारी महतो आमनेसामने छन् ।

    बारा–३ मा कांग्रेसका फरमुल्लाह मन्सुरसँग एमालेकी ज्वालाकुमारी साह चुनावी मैदानमा छिन् ।

    काठमाडौं–१ मा राप्रपाका रवीन्द्र मिश्रविरुद्ध नेकपाकी मेनका भण्डारी र रास्वपाकी रन्जु दर्शना छन् ।

    काठमाडौं–५ मा कांग्रेसका प्रदीप पौडेलसँग नेकपाकी कल्पना शर्मा प्रतिस्पर्धी बनेकी छन् ।

    काठमाडौं–९ मा रास्वपाका डोलप्रसाद अर्यालसँग कांग्रेसकी नानु बाँस्तोला उत्रिएकी छन् ।

    चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेसँग कांग्रेसकी मीनाकुमारी खरेल भिड्दैछिन् भने पूर्वी रुकुम–१ मा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कांग्रेसकी कुसुमदेवी थापामगर प्रतिस्पर्धामा छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images