images
images
  • सर्लाही–४ मा गगनलाई सघाउन उम्मेदवार र ४ वडाध्यक्ष कांग्रेसमा प्रवेश

    काठमाडौं– सर्लाही क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभा उम्मेदवार बनेपछि विभिन्न दलका नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने क्रम बढेको छ ।

    थापालाई सघाउन बहुजन पार्टीका प्रदेश सभा उम्मेदवार कृष्णकुमार कुसवाहासहित गोडैता नगरपालिकाका चार वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका छन् ।

    बुधबार सर्लाहीमा आयोजित कार्यक्रममा वडा नम्बर १ का सुजित महतो, २ का अजयप्रसाद साह, ५ का प्रकाश गुप्ता र ११ का विश्वनाथ पण्डितलाई सभापति थापाले पार्टी प्रवेश गराए ।

    साथै जसपाका नेता मुकेश यादव र वडासदस्य लालु मन्सुर पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

    देश विकासको स्पष्ट भिजन भएकाले थापालाई जिताउन कांग्रेस प्रवेश गरेको उनीहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images