images
images
  • विमान दुर्घटनामा भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजितको मृत्यु

    काठमाडौं– भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको बारामती भएको विमान दुर्घटनामा मृत्यु भएको छ ।

    अस्पतालमा रहेका अजित पवारका नजिकका सहयोगी किरण गुजरले अजित पवारसहित ६ जनाको मृत्यु भएको बताएका छन् ।

    अजित जिल्ला परिषद्को चुनावअघि चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न आफ्नो गृहनगर आउनेक्रममा विमान आज बिहान दुर्घटना भएको समाचारमा उल्लेख छ ।

    भारतको नागरिक उड्डयन महानिर्देशनालयले दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजितसहित अन्य पाँचजनाको मृत्यु भएको पुष्टि गरेको छ ।

    विमानमा उपमुख्यमन्त्री पवारसँगै उनका दुई कर्मचारी जसमा एक व्यक्तिगत सुरक्षा अधिकारी र अर्का सहयोगी थिए ।

    चालक दलका दुई सदस्य एक कमान्ड पाइलट र अर्का फस्ट अफिसर विमानमा सवार थिए ।

    हिन्दुस्तान टाइम्सका अनुसार, मुम्बईबाट बारामतीतर्फ जाँदै गरेको भीटीएसएस/एलजी ४५ कलसाइनको उक्त विमान भारतीय समयअनुसार बिहान ०८ः४८ बजे धावनमार्ग ११ नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

    अवतरणका क्रममा भएको ठक्करपछि विमानमा आगलागी भएको थियो । नागरिक उड्डयन महानिर्देशनालयका महानिर्देशक फैज अहमद किदवईले घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् । –हिन्दुस्थान टाइम्स

    प्रतिक्रिया दिनुहोस्
    images
    images