images
images
  • भेनेजुएलाजस्तो बनाइदिने ट्रम्पको धम्कीपछि क्युवालाई सीको समर्थन गर्ने वाचा

    बेइजिङ– केही हप्ताअघि भेनेजुएलामा हवानाका सहयोगी निकोलस मदुरोलाई हटाएको संयुक्त राज्य अमेरिकाको बारम्बार धम्कीको परिप्रेक्ष्यमा चीनले मंगलबार क्युवालाई ‘समर्थन र सहयोग’ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    बेइजिङ र हवाना लामो समयदेखि समाजवादी साझेदार रहेका छन् ।

    चिनियाँ अधिकारीहरूले संयुक्त राज्य अमेरिकाले दशकौँदेखि टापुमा लगाएको आर्थिक नाकाबन्दी र प्रतिबन्धहरूको लगातार विरोध गर्दै आएका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना क्युबालाई ‘पतनका लागि तयार’ हुने चेतावनी दिँदा तनाव थपिएको थियो ।

    ट्रम्पले हवानालाई ‘सम्झौता गर्न’ वा भेनेजुएलाजस्तो मूल्य तिर्नुपर्ने चेतावनी दिएका थिए ।

    भेनेजुएलाको सन्दर्भमा जनवरी ३ मा अमेरिकी बम आक्रमणमा मदुरो पक्राउ पक्राउ परेका थिए र दर्जनौँ मानिसको मृत्यु भएको थियो ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मङ्गलबार पत्रकार सम्मेलनमा भने, ‘क्युबामा अमेरिकी कार्यहरूप्रति चीनले गहिरो चिन्ता र विरोध व्यक्त गर्दछ । हामी संयुक्त राज्य अमेरिकालाई क्षेत्रीय शान्ति र स्थिरतालाई कमजोर पार्नबाट रोक्न आग्रह गर्छौं ।’

    उहाँले वासिङ्टनलाई ‘क्युवाविरुद्धको नाकाबन्दी र प्रतिबन्धहरू तुरुन्तै हटाउन’ आह्वान गरे ।

    प्रवक्ता गुओले भने, ‘चीनले क्युबालाई सकेसम्म धेरै सहयोग र समर्थन प्रदान गर्न जारी राख्नेछ ।’

    गत हप्तामा पोलिटिकोल ट्रम्प प्रशासनले क्युबामा हुने सबै तेल आयात रोक्न नौसैनिक नाकाबन्दी गर्ने विकल्प विचार गरिरहेको थियो भनी रिपोर्ट गरेको छ ।

    रिपोर्टअनुसार ऊर्जा आपूर्ति नै शासनलाई कमजोर पार्ने महत्त्वपूर्ण माध्यम हो ।

    क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले शनिबार सैन्य अभ्यासको निरीक्षण गर्दै यसलाई संयुक्त राज्य अमेरिकाको सम्भावित आक्रमणको प्रतिरोधका रूपमा व्याख्या गरे । –एएफपी

    प्रतिक्रिया दिनुहोस्
    images
    images