images
images
  • रास्वपा सभापति रवि लामिछानेलाई कसरी लाग्यो खुट्टामा चोट ?

    काठमाडौं- रास्वपा सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् ।

    उनको सचिवालयका अनुसार, गत ५ माघमा जनकपुरमा आयोजित सभाका क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो ।

    उक्त चोट बढेर छालाको भित्री तहमा संक्रमण भएको उनको सचिवालयले जनाएको छ ।

    अस्पतालका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनुपर्ने उनको सचिवालयले जनाएको छ ।

    ‘चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुनस् नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ,’ सचिवालयले भनेको छ ।

    साथै, अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआइदिन पनि सचिवालयले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images