images
images
  • समानुपातिकको मतपत्र छपाइ सकियो

    काठमाडौं- आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्रको छपाइ सकिएको छ । समानुपातिक तर्फको मतपत्र छपाइ सकिएपछि प्रत्यक्षतर्फको मतपत्र छपाइको कार्य सुरु भएको छ ।

    निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फ दुई करोड आठ लाख ५४ हजार आठ सय मतपत्र छापिएको छ । प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाई सुरु भएको छ । यो छपाई लगभग १५ दिन भित्र सकिन्छ ।

    आगामी फागुन ५ गते अगावै आयेगले सम्बन्धित स्थलमा मतपत्र पुर्‍याउने गरी काम भइराखेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images