images
images
  • कस्तो छ ओली र बालेन भिड्ने झापा–५ मा मतदाताको विवरण ?

    काठमाडौं- आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ नम्बर क्षेत्र यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चाको केन्द्र बनेको छ ।

    यो निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह उम्मेदवार छन् ।

    ओली एमालेबाट ‘भावी प्रधानमन्त्री’का रूपमा चुनाव अभियानको नेतृत्व गर्दैछन् भने रास्वपाले बालेनलाई ‘भावी प्रधानमन्त्री’का रूपमा घोषणा गरिसकेको छ । त्यसैले दुई ‘भावी प्रधानमन्त्री’ एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी बन्दा सर्वत्र चासो बढेको हो ।

    झापा क्षेत्र नम्बर ५ मा कमल गाउँपालिकाको ७ वटा वडा, गौरादह नगरपालिकाको ८ वटा वडा, गौरीगञ्ज गाउँपालिकाको चार वटा वडा र दमक नगरपालिकाको १० वटै वडा पर्दछन् । यो निर्वाचन क्षेत्रमा एक लाख ६३ हजार ३७९ जना कुल मतदाता छन् ।

    कुन वडामा कति मतदाता ?

    कमल गाउँपालिका 

    वडा नम्बर १ – ५,२१२

    वडा नम्बर २ – ५,२३९

    वडा नम्बर ३ – ५,१०३

    वडा नम्बर ४ – ६,०३२

    वडा नम्बर ५ – ७,२३७

    वडा नम्बर ६ – ५,८८५

    वडा नम्बर ७ – ६,०७८

    गौरादह नगरपालिका 

    वडा नम्बर १ – ६,९०४

    वडा नम्बर २ – ३,५२०

    वडा नम्बर ३ – ३,७९०

    वडा नम्बर ४ – ६,२३५

    वडा नम्बर ५ – ६,२८७

    वडा नम्बर ६ – ५,०५७

    वडा नम्बर ७ – ५,७०१

    वडा नम्बर ८ – ३,९८१

    गौरीगञ्ज गाउँपालिका

    वडा नम्बर ३ – ५,३३३

    वडा नम्बर ४ – २,८६७

    वडा नम्बर ५ – २,७५८

    वडा नम्बर ६ – ४,१६३

    दमक नगरपालिका

    वडा नम्बर १ – ६,७९४

    वडा नम्बर २ – ६,७७६

    वडा नम्बर ३ – ८,०२२

    वडा नम्बर ४ – ७,०५८

    वडा नम्बर ५ – ७,९८४

    वडा नम्बर ६ – ४,४६०

    वडा नम्बर ७ – ५,५२३

    वडा नम्बर ८ – ६,६७१

    वडा नम्बर ९ – ७,९४५

    वडा नम्बर १० – ४,७६४

    प्रतिक्रिया दिनुहोस्
    images
    images