काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थक चढेको गाडीबाट लडेर केही युवा घाइते भएका छन्।
सोमबार बाँकेको नेपालगञ्जमा समर्थक चढेको गाडीबाट खस्दा ६ जना युवाहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घाइतेहरूको अवस्था सामान्य छ।
तीमध्ये स्थानीय वीरसिंह ऐरीको सिटी केयर अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको प्रहरीको भनाई छ।
प्रहरीका अनुसार गाडीको पछाडि धेरै युवाहरू बसेका थिए । एकले अर्कालाई समातेर बसेका युवाहरू गाडी अगाडि बढ्ने क्रममा हुत्तिएर लडेका हुन्।
रास्वपा वरिष्ठ नेता बालेन सोमबार नेपालगञ्ज विमानस्थल पुग्दा भिड भएको थियो।
प्रतिक्रिया दिनुहोस्























