images
images
  • ६६ दल चुनावी मैदानमा, प्रतिस्पर्धामा कति छन् उम्मेदवार ?

    काठमाडौं– प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा १६५ वटै क्षेत्रमा उम्मेदवारी दिने एकमात्र पार्टी नेपाली कांग्रेस बनेको छ ।

    निर्वाचन आयोगका अनुसार अन्य कुनै पनि दलले सबै क्षेत्रमा उम्मेदवार उठाएका छैनन् ।

    यस निर्वाचनमा ६६ दल सहभागी छन् भने १,१४३ जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् ।

    एमाले, नेकपा र रास्वपाले समान रूपमा १६४–१६४ स्थानमा उम्मेदवारी दिएका छन् ।

    राप्रपाले १६३, माओवादीले १३०, नेमकिपाले १२० र मंगोल नेशनल अर्गनाइजेसनले ११३ स्थानमा उम्मेदवार उठाएका छन् ।

    धेरै दलले सीमित संख्यामा उम्मेदवारी दिएका छन् भने आठ दलले एक–एक जना मात्र उम्मेदवार खडा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images