images
images
  • आयोगले किन सोध्यो शक्ति, हिक्मत र हर्कलाई स्पष्टीकरण ?

    काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार, सार्वजनिक पदाधिकारी र विभिन्न संघ–संस्थासँग स्पष्टीकरण सोधेको छ ।

    आयोगले जाजरकोटबाट नेकपा उम्मेदवार शक्ति बस्नेतलाई उम्मेदवारी दर्ताका क्रममा बाजा बजाउने व्यक्तिहरूको टाउकोमा पैसा सिउँरिदिएको भिडिओका आधारमा तीन दिनभित्र जवाफ दिन निर्देशन दिएको छ ।

    बालबालिकाको प्रयोग गरेको आरोपमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पनि स्पष्टीकरण सोध्ने तयारी गरिएको छ ।

    त्यस्तै, झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको मनोनयन दर्ताका क्रममा सरकारी गाडी प्रयोग भएको विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि स्पष्टीकरण सोधिने भएको छ ।

    काठमाडौं–४ बाट राप्रपाका उम्मेदवार सुरेन्द्र भण्डारीलाई यौनिक तथा अल्पसंख्यक समुदायविरुद्ध घृणित अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण सोधिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका दोलखाका उम्मेदवार जगदीश खरेलले झण्डाको प्रयोग र मनोनयनमा भीड जम्मा गरेको विषयमा स्पष्टीकरण दिइसकेका छन् ।

    साथै आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग पनि स्पष्टीकरण सोधेको छ ।

    आयोगका अनुसार पहिलो चरणमा तीन दिने स्पष्टीकरण सोधिने र आवश्यक परे थप कारबाही गरिनेछ ।

    आचारसंहिता उल्लंघनमा जरिवानादेखि उम्मेदवारी खारेजसम्मको व्यवस्था रहेको आयोगले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images