images
images
  • अमेरिकामा जहाज अवतरणका क्रममा दुर्घटनाग्रस्त, कति भयो क्षति ?

    वाशिङ्गटन, संयुक्त राज्य अमेरिका– अमेरिकाको माइन राज्यको ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा आठ जना यात्रु बोकेको निजी जहाज दुर्घटनाग्रस्त भएको संघीय विमान प्रशासनले जनाएको छ ।

    संघीय विमान प्रशासनका अनुसार, जहाज आइतबार राति करिब ७ः४५ बजे दुर्घटनाग्रस्त भएको हो ।

    जहाजमा सवारहरूको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।

    संघीय विमान प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको अनुसन्धान गरिरहेका छन् ।

    उक्त दुर्घटना ठूलो हिउँदको आँधी–तुफानको समयमा भएको हो ।

    ब्यान्गोरमा आइतबार लगातार हिउँ परेको थियो र देशका धेरै भागहरूमा मौसम अत्यन्तै खराब थियो ।

    विमानस्थलले आपतकालीन टोलीलाई घटनास्थलमा पठाएको थियो र घटनापछि विमानस्थल बन्द गरिएको थियो ।

    ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलले ओरल्यान्डो, वासिङ्टन र चार्लोट जस्ता शहरमा प्रत्यक्ष उडान सेवा दिन्छ ।

    ब्यान्गोर, बोस्टनदेखि करिब ३२० किलोमिटर उत्तरमा अवस्थित छ ।

    देशका पूर्वी भागहरूमा परेको भारी तुफानका कारण सवारी र हवाई यातायात अत्यधिक प्रभावित भएको छ ।

    आइतबार करिब १२ हजार उडान रद्द भए र लगभग २० हजार उडान ढिला भएका थिए ।

    फिलाडेल्फिया, वासिङ्टन, बाल्टिमोर, नर्थ क्यारोलिना, न्यूयोर्क र न्यू जर्सीका विमानस्थल सबैभन्दा बढी प्रभावित भएका थिए ।

    यो निजी जहाज ९–११ जना यात्रु सवार गर्न सक्ने प्रकारको हो ।

    यो जहाज १९८० मा पहिलो पटक सञ्चालनमा आएको थियो र यात्रुले हिँडफिर्ता गर्न मिल्ने सुविधा भएको पहिलो निजी जहाज मानिन्छ । –एएफपी

    प्रतिक्रिया दिनुहोस्
    images
    images