images
images
  • दलहरूले शीर्ष नेता सांसद नबन्दै किन गरे प्रधानमन्त्रीको प्रस्ताव ?

    काठमाडौं– विगतका निर्वाचनभन्दा फरक अभ्यास गर्दै प्रमुख राजनीतिक दलहरूले प्रतिनिधिसभा निर्वाचनअघि नै आफ्नो दलका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार सार्वजनिक गरेका छन् ।

    नेपाली कांग्रेसले करिब तीन दशकपछि केन्द्रीय समितिबाटै गगन थापालाई प्रधानमन्त्रीका दाबेदारका रूपमा अघि सारेको छ ।

    यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं निर्वतमान महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार मान्दै सातबुँदे सम्झौता गरेको थियो भने नेकपा (एमाले)ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ ।

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि आफू प्रधानमन्त्रीको दाबेदार भएको बताउँदै आएका छन् ।

    कांग्रेसका नेताहरूले मतदातालाई स्पष्ट विकल्प दिन र निर्णय लिन सहज होस् भन्ने उद्देश्यले थापालाई प्रधानमन्त्रीको उम्मेदवार अघि नै तोकिएको बताएका छन् ।

    तर विज्ञहरूका अनुसार संसदीय प्रणालीमा चुनावअघि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु असामान्य अभ्यास हो ।

    संविधानले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था गरेको छ ।

    त्यसैले चुनावअघि गरिएको घोषणा राजनीतिक रणनीति भए पनि अन्तिम निर्णय भने निर्वाचनपछि सांसदहरूले नै गर्ने विज्ञहरूको मत छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images