images
images
  • पाँच मापदण्डका आधारमा प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक बहस गराऔं : विश्वप्रकाश शर्मा

    काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भावी प्रधानमन्त्रीका रूपमा घोषित उम्मेदवारहरूलाई पाँच वटा मापदण्डका आधारमा सार्वजनिक बहस गराउनुपर्ने बताएका छन्।

    फागुन २१ को निर्वाचनमा विभिन्न पार्टीबाट प्रधानमन्त्रीका रूपमा घोषित उम्मेदवारहरूलाई एकै मञ्चमा राखेर सार्वजनिक बहस गराउनुपर्ने कुरा उठिरहेका बेला कांग्रेस उपसभापति शर्माले यसमा सही थाप्दै आफ्नो राय व्यक्त गरेका हुन्।

    उपसभापति शर्माले भनेका पाँच मापदण्डमा उम्मेदवारको पृष्ठभूमि, संस्कार, भिजन, योगदान र योग्यता छन्।

    ‘बोल्ने कुरामा मात्र होइन, यी पाँच मापदण्डमा भावी प्रधानमन्त्रीहरूबीच बहस गराऔं र निष्कर्षमा पुगौं,’ उनले भने।

    नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। त्यस्तै, नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको छ।

    एमाले अध्यक्ष ओलीले आइतबार बिहानै प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक बहसका लागि गरेको आह्वानमा बालेन शाहले आफू बहसमा सहभागी नहुने जबाफ दिएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images