images
images
  • आफैं उठबस र हिँडडुल गर्न नसक्ने ८३ वर्षीय महन्थ बने राष्ट्रिय सभा सदस्य, पदीय लोभीको टिप्पणी

    काठमाडौं- केही समय अघि जनता समाजवादी पार्टी (जसपा) मा समाहित भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

    उनी अन्य कलस्टरतर्फ ७ हजार ७२५ मत ल्याएर राष्ट्रिय सभामा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण पौडेल १ हजार ८०५ मत पाएका छन् ।

    उनी नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र जनमत पार्टीको गठबन्धनबाट उम्मेदवार थिए । उनी प्रतिनिधि सभाका निर्वतमान सदस्य हुन् ।

    महोत्तरीको पिपरा गाउँपालिका-एकरहिया घर भएका ठाकुर मधेश राजनीतिका सबैभन्दा अनुभवी र उतार-चढावपूर्ण यात्राका साक्षी नेता मानिन्छन् । उनले २०७४ र २०७९ सालमा लोसपाबाट प्रतिनिधि सभा सदस्यका रूपमा महोत्तरी क्षेत्र नं. ३ बाट चुनाव जितेका थिए ।

    २०७९ को निर्वाचनमा भने दोस्रो पटक प्रतिस्पर्धा गरेका उनी यसपटक राष्ट्रिय सभामा पुगेका छन् । तर प्रतिनिधिसभामा उनी अन्तिम पटक मत मागेका थिए । पुन: राष्ट्रिय सभा सदस्यमा भएपछि उनलाई पदीय लोभी नेता भनेर टिप्पणी हुन थालेको छ । कमजोर शारीरिक अवस्थाको कारण उनी आफैं उठबस र हिँडडुल गर्न सक्दैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images