काठमाडौं– राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आइतबार (माघ ११) सम्पन्न मतदानमा ९५.६८ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सातै प्रदेशमा भएको मतदानमा उच्च सहभागिता देखिएको हो ।
प्रदेशगत रूपमा कोसी प्रदेशमा ३४५, मधेसमा ३४१ र वाग्मती प्रदेशमा ३१८ जनाले मतदान गरेका छन् ।
यसैगरी गण्डकी प्रदेशमा २२३, लुम्बिनीमा २८६, कर्णालीमा ११९ र सुदूरपश्चिम प्रदेशमा २२० जनाले मतदान गरेका हुन् ।
१७ पदका लागि भएको यस निर्वाचनमा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्























