काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
आइतबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले निर्वाचन अधिकृतको कार्यालय, कैलाली–२ का निर्वाचन अधिकृतलाई कारण देखाउन आदेश दिएको हो ।
चौधरीले गैरकानुनी रूपमा उम्मेदवारी रद्द गरिएको दाबी गर्दै आफ्नो उम्मेदवारी कायम गरी निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका छन् ।
सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न विपक्षीलाई पनि बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्























