images
images
  • राष्ट्रिय सभा संसदीय दलको नेतामा भुसाल, सचेतकमा गरिमा नियुक्त

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय सभा संसदीय दलको नेतामा वेदुराम भुसाल नियुक्त भएका छन् ।

    आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भुसाललाई दलको नेता चयन गरेको हो ।

    बैठकले प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई पनि नियुक्त गरेको छ ।

    यसअघि दलका नेता रहेका नारायणकाजी श्रेष्ठले राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेपछि भुसाललाई नयाँ दलनेताका रूपमा जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images