images
images
  • १०६ स्वतन्त्र महिला उम्मेदवार दलहरूसँगको चुनावी भिडन्तमा

    काठमाडौं– निर्वाचन नजिकिँदै गर्दा स्वतन्त्र महिला उम्मेदवारको उपस्थिति यसपटक उल्लेख्य देखिएको छ ।

    झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको प्रतिस्पर्धाले चर्चा चुलिएको बेला स्वतन्त्र उम्मेदवार रञ्जना गौतम पनि ‘ग्यास चुलो’ चुनाव चिह्नसहित मैदानमा छन् ।

    सानो व्यवसाय गर्दै आएकी गौतम ग्यास चुलोलाई ऊर्जा र आत्मनिर्भरताको प्रतीक मान्छिन् ।

    महिलाको कमजोर राजनीतिक उपस्थितिविरुद्ध सन्देश दिन स्वतन्त्र उम्मेदवारी दिएको बताउँदै उनी कृषि, शिक्षा र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाइरहेकी छन् ।

    यस्तै, काभ्रेपलाञ्चोक–२ बाट स्नातक तहमा अध्ययनरत आशा तामाङ पनि स्वतन्त्र उम्मेदवार बनेकी छन् ।

    दलहरूको असफलताबाट निराश भएर उम्मेदवारी दिएको बताउने तामाङ ‘भँगेरा’ चुनाव चिह्न लिएर युवापुस्ता र महिलाको नेतृत्व आवश्यक रहेको धारणा राख्छिन् ।

    निर्वाचन आयोगका अनुसार कुल ३,४८४ उम्मेदवारमध्ये ३९५ महिला छन्, जसमा १६० जना स्वतन्त्र उम्मेदवार हुन्। तर केही महिलाले आफू उम्मेदवार बनेकोसमेत जानकारी नपाएको उदाहरण पनि देखिएको छ ।

    दोलखा–१ की संगीता श्रेष्ठले अरूले नै नाम दर्ता गरिदिएको बताएकी छन् ।

    समाजशास्त्री सम्झना वाग्ले भट्टराईका अनुसार दलहरूले महिलालाई नेतृत्व तहमा अवसर नदिँदा उनीहरू स्वतन्त्र उम्मेदवारीतर्फ आकर्षित भएका हुन् ।

    अर्कोतर्फ, पूर्वप्रशासक शारदाप्रसाद त्रिताल र विश्लेषक चन्द्रकिशोरले ‘डमी उम्मेदवार’ को प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

    संविधानले समावेशी प्रतिनिधित्वको व्यवस्था गरे पनि व्यवहारमा त्यसको प्रभाव नदेखिँदा असन्तुष्टि बढेको र स्वतन्त्र उम्मेदवारीको संख्या बढेको विश्लेषकहरूको निष्कर्ष छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images