काठमाडौं– राष्ट्रिय सभा सदस्य निर्वाचनमा आज दिउँसो १२ः४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार सातै प्रदेशमा भइरहेको मतदानमा हालसम्म कोसीमा ३१३, मधेसमा २२७, बागमतीमा २१७, गण्डकीमा १८०, लुम्बिनीमा १६३, कर्णालीमा १४५ र सुदूरपश्चिममा १८६ मत खसेको छ ।
आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये कोसी प्रदेशको खस–आर्यतर्फ एक पदमा नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।
बाँकी १७ पदका लागि बिहान ९ बजेदेखि सुरु मतदान अपराह्न ३ बजेसम्म चल्नेछ ।
निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता रहेका छन् ।
कुल २,०५६ मतदातामध्ये हाल २,०११ जना कायम छन् ।
प्रतिक्रिया दिनुहोस्























