काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट वरिष्ठ पत्रकार, अधिवक्ता तथा अन्तर्राष्ट्रिय मामिलामा जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरेका डा. दीपेन्द्र काफ्लेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
दलहरूले टिकट वितरणमा सिन्डिकेट खडा गरी आफन्त, इष्टमीत्रलाई मात्रै वितरण गरी सर्वसाधारणलाई झुक्याएर जेनजी आन्दोलनबाट आएको परिवर्तनलाई धुमिल बनाउन पुराना दलहरू लागेको स्थितिमा उनले ‘परिवर्तन सम्भव छ’ भन्ने नारासहित उम्मेदवारी दिएका हुन् ।
काठमाडौं–४ मा काठमाडौं महानगरपालिकाका १, ७, ८ र ३० नम्बर वडा छन् भने बूढानीलकण्ठ नगरपालिकामा १, २, ८, ९, १०, ११, १२ र १३ गरी १२ वटा वडाहरू पर्छन् । सो निर्वाचन क्षेत्रमा महिला मतदाताको संख्या ३९५९९ तथा पुरुष ३६५४२ गरी कूल ७६१४१ मतदातामध्ये डा. काफ्लेका अधिकांश समर्थक रहेको र उनले निर्वाचन जित्ने पक्का भएको स्थानीय मतदाताको भनाइ छ ।
उक्त निर्वाचन क्षेत्रमा रहेका विभिन्न समस्या समाधानका साथै नीति निर्माण र विकासका योजना निर्माणमा डा.काफ्लेको सहभागिता रहँदै आएको छ । यसका साथै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उनले कपनको चुनौतीकै रूपमा रहेको खहरे खोलामाथि विभिन्न राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिहरूले भोटको राजनीति गरी पीडित जनतालाई वर्षौंदेखि झुक्याइ वर्षातमा स्थानीयले बाढीमा हिड्नुपर्ने बाँध्यताको अन्त्य गर्ने बताएका छन् ।
यसका साथै डा.काफ्लेले आफ्नो क्षेत्रमा पर्ने कालोपुलदेखि गौरीघाटसम्मको भूमिगत सडक निर्माण गर्न क्रियाशील रही दैनिक पचासौँ हजार सवारी साधनलाई निर्वाध आउजाउको क्षेत्र बनाइ काठमाडौं पूर्वतर्फको यात्रा सहज दाबी छ ।
यसका अतिरिक्त उनले गुहेश्वरीदेखि तिलगंगासम्मको खोल्सोबाट यातायातका साधनलाई सुचारु गराई काठमाडौंको पूर्वी तथा उत्तरी क्षेत्रको यातायात प्रणालीलाई सुव्यवस्थित बनाउन तत्काल पहल गर्ने र यसका लागि सम्पूर्ण स्थानीयबासीको साथ लिएर काम गर्ने लक्ष्य लिएका छन् ।
डा. काफ्ले यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् भने उल्लेख्य स्थानीयबासी र मतदाताको साथ पाएका छन् । स्थानीय र मतदाताको समर्थले पुराना दललाई उनले चुनौती खडा गरेका छन् ।























